राजनिती

मन्त्रिपरिषद् विस्तारका लागि बैठक बस्दै

By अर्जुन भट्टराई

 

काठमाडौं : सत्ता गठबन्धनअन्तर्गत १० दलको बैठक आज बस्दै छ। बैठक आज अपराह्न ४ बजेको लागि तय भएको बताइएको छ।

आजै, सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक पनि बस्दैछ। एकीकृत समाजवादीको सचिवालय बैठक बिहान ११ बजे बस्ने तय भएको छ।

दुवै बैठक मन्त्रिपरिषद् विस्तारका लागि बस्न लागेको बताइएको छ। सोमवारको नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालको छलफलले गठबन्धनको आज अपराह्न ४ बजे बस्ने बैठक तय गरेको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.