एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित

सारांश :

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो । तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३० को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ । गण्डकीले ३ खेलमा ५ अंक जोडेको छ । त्यस्तै बुधबार नै न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबसँग तीन शुन्यको सोझो सेटमा पराजत भयो । न्यु डायमण्ड आर्मीसँग २५–१६, २५–१२ र २५–१२ ले पराजित भएको हो ।

त्यस्तै नेपाल पुलिस क्लबले महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा रहेको छ । महिलाकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराएको छ । आर्मीले न्यु डायमण्डमाथि २५–१६, २५–१२ र २५–१२ ले हराएको हो ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
>
Share This

Share This

Share this post with your friends!