एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको सुरुआत

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयी सुरुआत गरेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो । सुरुआती दुई सेट २५–२०,२५–२३ ले पुलिसले जितेको थियो । तेस्रो सेट एपीएफ २५–१७ ले आफ्नो बनायो । तर, चौंथो सेट २५–१६ ले जित्दै पुलिसले सुखद सुरुआत गरेको हो । यस अघि पहिलो खेल त्रिभुवन आर्मी क्लबले एभरेस्ट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हराउँदै आर्मीले सुखद सुरुआत गरेको थियो । आर्मीले एभरेस्टमाथि २५–१९, २५–७ र २५–१८ को सेटमा जित निकालेको हो । यस्तै पुरुषतर्फको खेलमा हेल्प नेपालले विजयी सुरुआत गरेको छ । सोमबार ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा हराएर हेल्प नेपालले विजयी सुरुआत गरेको हो । हेल्पले ढोरपाटनलाई २५–२१, २७–२५ र २५–२० को सेटमा जित निकालेको हो । जितसँगै हेल्पले ३ अंक जोडेको छ । ढोरपाटनको यो लगातार दोस्रो हार हो ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट क्लब रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!