१६ औं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

१६ औं धर्मश्री, प्रथम मेन फिजिक्स र प्रथम महिला फिटनेस राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।

आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिमर चरणमा पुगेो जानकारी दिएको हो ।

यसअघि धर्मश्री मात्रै आयोजना गर्दै आएकोमा यस पटक महिला तथा पुरुष फिजिक्स बिधालाई पनि थप गरिएको नेपाल व्यायाम मन्दिरका अध्यक्ष नारायण प्रधानले जानकारी गराए । सहिद धर्मभक्त माथेमाको स्मृतिमा आयोजना हुने प्रतियोगिताका विजेताले १० लाख नगद पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगितामा ५५, ६०, ६५, ७०, ७५, ८० र ८० भन्दामाथि केजी तौल समूहमा चार सय खेलाडीले प्रतिस्पर्धा गर्ने छन् भने प्रत्येक बिधामा पहिलो स्थान हात पार्ने खेलाडीबीच धर्मश्रीको उपाधिका लागि प्रतिस्पर्धा हुने प्रधानले जानकारी दिए ।

करिव ४ सय खेलाडीहरुको सहभागीता रहने उक्त प्रतियोगिता सम्पन्न गर्न करिव ९० लाख रुपैया खर्च हुने अनुमान आयोजकले गरेको छ । पत्रकार सम्मेलनमा प्रतियोगिताको प्रायोजकहरुको बारेमा जानकारी गराइएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!