खेलकुद

स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने

By अर्जुन भट्टराई

पूर्व राष्ट्रिय टेबलटेनिस खेलाडी स्वर्गीय मिलन श्रेष्ठको सम्झनामा जेठमा प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगिता आयोजना हुने भएको छ ।

आयोजक स्पिन इभेन्ट्स प्रालिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रतियोगिता जेठ ७ देखि ९ गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा हुने जानकारी दिएको हो । प्रतियोगितामा तीन विभागीय टोलीसहित देशभरका जिल्ला तथा क्लबका खेलाडीले सहभागिता जनाउने छन् ।

प्रतियोगितामा जुनियर ब्वाइज सिंगल्स, जुनियर गर्ल्स सिंगल्स, क्याडेट ब्वाइज सिंगल्स, क्याडेट गर्ल्स सिंगल्स, ब्वाइज सिंगल्स (१२ वर्ष मुनि), गर्ल्स सिंगल्स (१२ वर्ष मुनि), मेन्स भेट्रान सिंगल्स (४० वर्षमाथि), मेन्स भेट्रान सिंगल्स (५० वर्षमाथि) र मेन्स भेट्रान सिंगल्स (६० वर्षमाथि) गरेर ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ ।

जुनियर ब्वाइज-गर्ल्स तथा क्याडेट ब्वाइज-गर्ल्सको विजेताले २० हजार, दोस्रोले १० हजार र सेमिफाइनल पुग्नेले ५ हजार पाउने छन् । १२ वर्ष मुनि ब्वाइज सिंगल्स-गर्ल्स सिंगल्स तथा भेट्रानतर्फको विजेताले १० हजार दोस्रोले ५ हजार र सेमिफाइनल पुग्नेले २५ सय पाउने स्पिन इभेन्ट्सका अध्यक्ष सुमन शाक्यले जानकारी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.