अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

बिद्रोही उम्मेदवारहरु गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त -नेपाली कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तहमा उठेका बिद्रोही उम्मेदवारहरु गठबन्धनको निर्णयअनुसारको आधिकारिक उम्मेदवारको पक्षमा आउने विश्वास व्यक्त गरेको छ । कांग्रेस स्थानीय तह निर्वाचन प्रचारप्रसार समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै केहि स्थानमा बाहेक अन्य स्थानमा गठबन्धन सफल भएको भन्दै बिद्रोही उम्मेदवारहरु गठबन्धनको पक्षमा नै आउने जनाएको हो ।… Read More

१९ बैशाख २०७९

संस्कृती

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरियो

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ । आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यहि बुधबार पुल्चोकबाट रथ यात्रा शुरु हुनेछ । रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाई गरेको थियो । रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई… Read More

१९ बैशाख २०७९

अन्तराष्ट्रिय

स्पाइसजेटको उडानमा ठूलो टर्ब्युलेन्स, १५ जना घाइते अनुसन्धान जारी

स्पाइसजेटले मुम्बई-दुर्गापुर उडान गन्तव्य विमानस्थलमा अवतरण गर्ने क्रममा गम्भीर अशान्तिको सामना गर्यो । अधिकारीहरूले भने -लगभग 14 यात्रुहरू र एक केबिन चालक दलका सदस्यहरू घाइते भएका थिए जसमा स्पाइसजेटको मुम्बई-दुर्गापुर उडान आइतवार गन्तव्य एयरपोर्टमा ओर्लिरहेको बेलामा ठूलो अशान्ति भयो तर, बोइङ B737-800 विमान सकुशल अवतरण गर्न सफल भयो र घाइतेहरूलाई… Read More

१९ बैशाख २०७९

समाचार

नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वयलाई दज्र्यानी चिह्न प्रदान

नेपाल सरकारको निर्णयले पदोन्नति भएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्याललाई दज्र्यानी चिह्न प्रदान गरिएको छ । सोमबार गृहमन्त्रालयमा आयोजित एक समारोहकाबीच गृहसचिव टेकनारायण पाण्डेले उनीहरुलाई दज्र्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । दज्र्यानी चिन्ह सुशोभन समारोहमा गृहसचिव पाण्डेले दुवै सङ्गठनका प्रमुखको कार्यकालमा… Read More

१९ बैशाख २०७९

खेलकुद

१६ औं राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा

१६ औं धर्मश्री, प्रथम मेन फिजिक्स र प्रथम महिला फिटनेस राष्ट्रव्यापी खुल्ला शारीरिक सुगठन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक नेपाल व्यायाम मन्दिरले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै वैशाख २३ र २४ गते आयोजना हुने प्रतियोगिताको तयारी अन्तिमर चरणमा पुगेो जानकारी दिएको हो ।… Read More

१९ बैशाख २०७९

खेलकुद

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयीको सुरुआत

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगितामा महिलातर्फ विजयी सुरुआत गरेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा सोमबार एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै पुलिसले विजयी सुरुआत गरेको हो । सुरुआती दुई सेट २५–२०,२५–२३ ले पुलिसले जितेको थियो । तेस्रो सेट… Read More

१९ बैशाख २०७९

Uncategorized

आज थप ९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ३ सय ३३ पिसिआर परिक्षणका क्रममा ८ जना र ९ सय २२ एन्टीजेन परिक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको… Read More

१९ बैशाख २०७९

खेलकुद

नेपाल र जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल रद्द

नेपाल र पाहुना टोली जिम्बावे ’ए’ विरुद्धको दोस्रो टी–ट्वान्टी खेल रद्द भएको छ । किर्तिपुरस्थीत टियु क्रिकेट मैदानमा परेको भारी वर्षाको कारण खेल रद्द भएको हो । वर्षाले खेल रोकिनु अघि जिम्बावेले ब्याटिङ गरिरहेको थियो । जिम्बावेले ४ ओभर ३ बलमा २ विकेट गुमाएर ४८ रन बनाएको… Read More

१९ बैशाख २०७९

समाचार

एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका दुवै उम्मेदवारी बदर

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले स्थानीय निर्वाचनमा एउटै दलबाट प्रमुख र उपप्रमुखमा पुरुषको उम्मेदवारी परेका स्थानमा दुवै उम्मेदवारी बदर गरिएको बताएका छन् । आम निर्वाचन पर्यवेक्षक समिति नेपालले शुक्रबार काठमाडौंमा आयोजना गरेको राष्ट्रिय तथा जिल्लास्तरीय निर्वाचन पर्यवेक्षकहरुका अभिमुखीकरण कार्यक्रममा थपलियाले कानूनमा स्पष्ट रुपमा ५० प्रतिशत महिला उम्मेदवार… Read More

१८ बैशाख २०७९

समाचार

लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई महामन्त्री विश्वप्रकाश शर्माको सुझाव

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतान्त्रीक संस्कृतिलाई बुझ्नका लागि मदन भण्डारीको पुस्तक पढ्न एमाले अध्यक्ष केपी ओलीलाई सुझाव दिएका छन् । शुक्रबार पार्टी कार्यालय सानेपामा चूनावी गीत तथा प्रचारप्रसार सामाग्री सार्वजनिक कार्यक्रममा शर्माले अराजनीतिक ढंगले ओलीले कांग्रेस र कांग्रेसको घोषणापत्रप्रति टिप्पणी गरेको भन्दै मदन भण्डारीबाट केहि सिक्न… Read More

१८ बैशाख २०७९