समाचार
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । महाशाखाले देशभर आंशिक बदली रहेको र कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको पनि जनाएको छ ।… Read More
१६ चैत २०८०
अन्तराष्ट्रिय
काठमाडौं । हमासका वरिष्ठ व्यक्तिहरू भित्र रहेको सुराकीपछि गाजामा रहेको सबैभन्दा ठूलो शिफा अस्पतालमा इजरायलले कारबाही सुरू गरेको र अस्पताल परिसरमा कारबाही सुरु गरेदेखि एक हप्ताको समयमा २०० भन्दा बढी लडाकूहरू मारिएको इजरायली रक्षा बल (आइडिएफ) ले जनाएको छ । इजरायली सैनिकहरूले हमास र प्यालेस्टिनी इस्लामी जिहादी लडाकू… Read More
१६ चैत २०८०
समाचार
डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । बिहीबार अपराह्न जङ्गलमा लागेको आगोले घाइते भएकी शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीय चन्द्रादेवी भण्डारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । पातालीसैन सामुदायिक वनमा सिँचाइका निम्ति कुलो खन्न गएकी भण्डारी वनमा लागेको आगोले… Read More
१६ चैत २०८०
खेलकुद
धरान । इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका… Read More
१६ चैत २०८०
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख आधार आर्थिक सवलीकरण भएको बताएका छन् । महिला उद्यमी महासङ्घद्वारा आयोजित सातौँ अन्तर्राष्ट्रिय महिला व्यापार मेलाको शुक्रबार बिहान ललितपुरमा उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले सो धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले भने, “विगतका तुलनामा नेपाली… Read More
१६ चैत २०८०
अर्थ
काठमाडौं । शुक्रबार सुनको मूल्यले अहिले सम्मकै नयाँ रेकर्ड बनाएको छ । बिहीबार पनि सुनको मूल्य बढेर नयाँ इतिहास कायम हुँदै छापावाला सुनको मूल्य १ लाख २७ हजार ९ सय रुपैयाँ पुगेको थियो । आज उक्त रेकर्ड ब्रेक गर्दै प्रतितोला २ हजार १ सय रुपैयाँले बढेर १ लाख… Read More
१६ चैत २०८०
अर्थ
चितवन । जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक वर्षको हालसम्म सात सय ५३ बैंकिङ कसुरका उजुरी परेका छन् । कार्यालयको बैंकिङ कसुर शाखाका वरिष्ठ प्रहरी नायब निरीक्षक राम कार्कीका अनुसार विसं २०७९ मङ्सिरदेखि शाखा स्थापना भई बैंकिङ कसुरका निवेदन दर्ता गर्न थालिएको हो । चालु आवमा परेका निवेदनमध्ये… Read More
१६ चैत २०८०
अन्तराष्ट्रिय
उलान बटोर । मङ्गोलियाका करिब ९.२ प्रतिशत चौपाया यस वर्षको चिसो मौसममा अत्यधिक जाडोका कारण मरेको देशको राज्य आपतकालीन आयोगले शुक्रबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तमध्ये पूर्वी सुखबतार प्रान्त चिसोले सबैभन्दा बढी प्रभावित भएको छ । जहाँ करिब १४ लाख अर्थात् कुल पशु संख्याको ३८.६ प्रतिशतको मृत्यु… Read More
१६ चैत २०८०
अर्थ
काठमाडौं । आज २०८० साल चैत १५ गते बिहीबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसा पुगेको छ । युरो एकको खरिद दर १४४ रुपैयाँ १९ पैसा र… Read More
१५ चैत २०८०
समाचार
काठमाडौं । नेपालमा हाल पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव कायम छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा अहिले सामान्य वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका… Read More
१५ चैत २०८०