समाचार
एजेन्सी । भारतका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्नो छोराको भव्य विवाह गर्ने भएका छन् । गत मार्चमा एसियाका सबैभन्दा धनी व्यक्ति मुकेश अम्बानीले आफ्ना छोराका लागि तीन दिने विवाहपूर्वको (प्रि–वेडिङ) पार्टी दिनुभएको थियो । पार्टीमा पूर्व विश्व नेता, प्रबिधि क्षेत्रका ख्यातिप्राप्त व्यक्ति र भारतीय सिने जगत् (बलिउड)… Read More
२३ असार २०८१
राजनिती
काठमाडौँ । नेकपा एमाले संसदीय दलले नयाँ सरकार गठनका लागि मार्गप्रस्तस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गरेको छ । आइतबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकले वर्तमान सरकार अल्पमतमा परिसकेको भन्दै मार्गप्रसस्त गर्न प्रधानमन्त्री प्रचण्डलाई अनुरोध गर्ने निर्णय गरेको हो । बैठकले सदनमा प्रधानमन्त्री प्रचण्डले लिने… Read More
२३ असार २०८१
राजनिती
काठमाडौँ । सांसदहरुले निरन्तरको वर्षासँगको बाढी र पहिराबाट सिङ्गो मुलुक प्रभावित भएकाले प्रतिकार्यलाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार बसेको प्रतिनिधिसभाको आकस्मीक समयमा उनीहरुले बाढी र पहिराबाट धनजनको क्षति कम हुने गरि प्रतिकार्यलाई प्रभावकारी बनाउन ध्यानाकर्षण गराएका हुन् । सांसद शंकर भण्डारीले मुलुकभर बाढि र… Read More
२३ असार २०८१
अर्थ
काठमाडौँ । यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको वृद्धि देखिँदा कारोबार रकम छ अर्ब नाँघेको छ । नेप्सेका अनुसार आज परिसूचक २१ दशमलव २७ प्रतिशतले बढेर दुई हजार एक सय ४० दशमलव ९७ विन्दुमा कायम भएको हो । आज तीन सय २५… Read More
२३ असार २०८१
राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव प्रतिवेदन, २०८१’ प्रतिवेदन प्रस्तुत गरेको छ । महान्यायाधिवक्ता डा दीनमणि पोखरेलको अध्यक्षतामा गठित ‘फौजदारी न्याय प्रशासन सुधार अध्ययन तथा सुझाव कार्यदल’ले तयार पारेको प्रतिवेदन प्रधानमन्त्रीसमक्ष महान्यायाधिवक्ताले प्रस्तुत गरेको हो । प्रतिवेदन ग्रहण गर्दै प्रधानमन्त्रीले… Read More
२३ असार २०८१
अन्तराष्ट्रिय
एजेन्सी । प्योङयाङबाट फोहर बोकेका दर्जनौँ बेलुन दक्षिण कोरियामा पठाएको केही दिनपछि उत्तर कोरियाले एकै पटक धेरै सङ्ख्यामा बिष्फोटक पदार्थ बाक्ने क्षेप्यास्त्रको सफल परीक्षण गरेको दाबी गरेको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएका छन् । प्योङयाङले हतियार परीक्षणलाई तीव्रता दिएको छ… Read More
१४ असार २०८१
अर्थ
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज २०८१ साल असार १४ गते शुक्रबार सन् २०२४ जुन २८ तारिखका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ २४ पैसा र बिक्री दर १३३ रुपैयाँ ८४ पैसा पुगेको छ । यस्तै युरो एकको खरिद… Read More
१४ असार २०८१
अर्थ
काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा एक हजार रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ४० हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बढेर तोलामा १ लाख ४१ हजार ८०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुन तोलामा… Read More
१४ असार २०८१
राजनिती
काठमाडौँ । सभामुख देवराज घिमिरेले शिक्षालाई सर्वसुलभ र व्यवहारिक बनाउन जरुरी रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताएका हुन् । उनले अझै पनि नेपालमा शिक्षा व्यवहारिक हुन नसकेको भन्दै शिक्षालाई सबैको पहुँचमा पुर्याउनुपर्ने बताए । उनले शिक्षाले समाजलाई परिवर्तन गर्ने भन्दै… Read More
१४ असार २०८१
राजनिती
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज बिहान भेटवार्ता भएको छ । राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
१४ असार २०८१