राजनिती
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्ति र परिवर्तनका उपलब्धि संस्थागत गर्दै समाजवादको आधार तयार पार्न सरकार लागिपरेको बताएका छन् । ‘साहसिक योद्धा जगतबहादुर बोहराको जीवनी तथा संस्मरणहरू’ नामक पुस्तक आज यहाँ लोकार्पण गर्दै प्रधानमन्त्री दाहालले सुशासन, सामाजिक न्याय र समृद्धिको प्राथमिकतासहित सरकार अघि बढिरहेको बताए । … Read More
१४ असार २०८१
समाचार
काठमाडौं । कर्णाली करिडोरका विभिन्न ठाउँमा पहिरो खस्दा सडकमा अवरुद्ध भएको छ । करिडोरको दैलेख खण्डअन्तर्गत पाँच ठाउँमा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ । दैलेख प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुनिल न्यौपानेले पालेतडा–पादुका खोला बीचको खण्डका पाँच ठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको बताए । अवरुद्ध सडक… Read More
१४ असार २०८१
खेलकुद
बैतडी । प्रथम सहाना प्रधान स्मृति यु–१९ राष्ट्रिय भलिबल प्रतियोगितामा सुदूरपश्चिम प्रदेश सेमिफाइनलमा प्रवेश गरेको छ । लगातार तेस्रो जित निकाल्दै समूह ‘ए’ को विजेताको रूपमा सुदूरपश्चिम सेमिफाइनलमा प्रवेश गरेको हो । समूह चरणको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिमले बागमती प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गरेको थियो… Read More
१४ असार २०८१
अन्तराष्ट्रिय
काठमाडौँ । सिरियाली राष्ट्रपति बसर अल–असदले सिरिया टर्कीसँगको सम्बन्ध सुधारका लागि पहल गर्न खुला रहेको बताएका छन् । सिरियाको सार्वभौमसत्तामा जोड दिँदै र आतंकवादी समूहहरू विरुद्ध लड्ने प्रतिवद्धतालाई जोड दिए । सिरियाका लागि रुसी राष्ट्रपतिका विशेष दुत अलेक्जेन्डर लभेरेन्टीभसँगको भेटमा असादले दमास्कसमा यस्तो टिप्पणी गरेका हुन् । असदले… Read More
१४ असार २०८१
राजनिती
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन प्रक्रियामा सहभागी गराउने विषयमा राजनीतिक दल र सम्बद्ध पक्षबीच गहन छलफल आवश्यक रहेको बताएका छन् । निर्वाचन आयोग र अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठनद्वारा आज यहाँ आयोजित कार्यक्रममा प्रमुख आयुक्त थपलियाले स्वदेशमै एक ठाउँमा मतदाता नामावली भएर… Read More
१४ असार २०८१
राजनिती
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै समयमै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका छन् । आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति हुने गरेको तर समयमै आवश्यक तयारी नगर्दा ठूलो… Read More
१४ असार २०८१
समाचार
जुम्ला । जुम्लाको तिला गाउँपालिका–९ स्थित धार्मिक पर्यटकीयस्थलका रुपमा रहेको नदै गुफाको पर्यटन प्रवर्द्धन गरिने भएको छ । पालिकाले गुफालाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरी प्रचारप्रसार गर्ने उद्देश्यले संरक्षण र प्रवर्द्धनको पहल थालेको हो । नदैको प्रचारप्रसार, गुफा परिसरमा मन्दिर पुनःनिर्माण तथा संरक्षणका लागि सङ्घीय सरकारबाट प्राप्त… Read More
१४ असार २०८१
राजनिती
चितवन । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले युवा पुस्तालाई कृषिमा आकर्षित गर्न सकिएमा कृषिजन्यवस्तु आयात कम गर्न सकिने बताएका छन् । फोर एच नेपाल नामक सस्थाद्वारा आज यहाँ आयोजित तेस्रो कृषि युवा नेतृत्व विकास सम्बन्धी सम्मेलनको उद्घाटन गर्दै उनले नेपालमा रोजगारी पाइएन भनेर विदेश पलायन हुने युवालाई रोकेर… Read More
१४ असार २०८१
समाचार
काठमाडौं । यस वर्षकाे माध्यामिक शिक्षा परीक्षा (एसईई)–२०८० को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले केहीबेर अघि नतिजा प्रकाशित गरेकाे हाे । बोर्डका अनुसार परीक्षामा सहभागी भएका विद्यार्थीमध्ये ४७.८६ प्रतिशतले मात्रै कक्षा ११ मा भर्ना हुन पाउनेछन् । करिब ५२ प्रतिशत परीक्षार्थी ‘नन ग्रेडेड’ (एनजी) भएका… Read More
१३ असार २०८१
समाचार
पर्सा । पथलैया–हटौँडा सडक खण्डअन्तर्गत आधाभार क्षेत्रमा निर्माणाधीन दुई किलोमिटर दूरीको सडक एक साताभित्र तयार हुने भएको छ । सडक डिभिजन कार्यालय हेटौँडाले उच्च भारवहन क्षमताको उक्त सडक एक साताभित्रै कालोपत्र सम्पन्न हुने जनाएको हो । कार्यालयका सूचना अधिकारी रमेश पाण्डेले पथलैया–हेटौँडा खण्डमा वीरगञ्ज भन्सार कार्यालय हुँदै… Read More
१३ असार २०८१