राजनिती

राष्ट्रिय सभाकाे बैठक पनि आज बस्दै

By अर्जुन भट्टराई

काठमाडौँ । राष्ट्रिय सभाको बैठक आज बस्ने भएको छ । बिहान ११ः १५ बजेका लागि बैठक बोलाइएको हाे ।

आजकाे बैठकमा  प्रधानमन्त्री एवम् उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त भएको ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यस्तै अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘आर्थिक विधेयक, २०८१’ माथि दफावार छलफल गरियोस् भनेर प्रस्तुत गर्ने र पारित गरियोस् भनेर प्रस्ताव गर्ने कार्यसूची रहेको छ । ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८१’ माथिको दफावार छलफलका लागि प्रस्ताव गर्ने र पारित गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । साथै ‘भन्सार महसुल विधेयक, २०८१’ माथि छलफलपछि पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.