अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

अमेरिकामा अध्ययनरत भोजपुरकी मुनाको गोली हानी हत्या

इटहरी । अमेरिकाको टेक्सस शहरमा अध्ययनरत एक नेपाली छात्राको गोली हानेर हत्या भएको छ । भोजपुर घर भएकी करिब २१ वर्षीया मुना पाण्डेको टेक्ससस्थित ह्युस्टनको एक अपार्टमेन्टमा गोली हानी हत्या भएको हो ।  उनको छातीमा गोली लागेको नेप्योर्कले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ ।… Read More

१२ भदौ २०८१

समाचार

रास्वपाद्वारा टुँडिखेल घटनाबारे ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सांस्कृतिक चाड गौरा पर्व मनाउने सन्दर्भमा टुँडिखेलमा भएको घटनाबारे संसद्को ध्यानाकर्षण गराएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा सो पार्टीका सांसद हरि ढकालले टुँडिखेलमा युवाहरुले गरेको विरोधलाई अन्यथा रुपमा नहेरी लोकतान्त्रिक अभ्यासका… Read More

१२ भदौ २०८१

राजनिती

प्रधानमन्त्री ओलीसँग ओमानका विदेशमन्त्रीको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेका ओमानका विदेशमन्त्री सय्यद बद्र बिन हमाद बिन हमूद अल्बुसैदीले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गरेका छन् । भेटका अवसरमा उनीहरूबीच दुई पक्षीय हित र चासोसहित पारस्परिक लाभका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सो… Read More

११ भदौ २०८१

राजनिती

भगवती रथजात्रा अवलोकन गर्न राष्ट्रपति पौडेल पाल्पामा

लुम्बिनी । राष्ट्रपति रामचन्द्र पौडेल ऐतिहासिक रणउजिरेश्वरी भगवती रथजात्रा अवलोकन गर्न आज पाल्पा सदरमुकाम तानसेन पुगेका छन् । उनलाई लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले स्वागत गरे । राष्ट्रपति पौडेललाई जनस्तरबाट समेत भव्य स्वागत गरिएको छ । प्रथम महिला सविता पौडेलको समेत उपस्थिति रहेको छ ।… Read More

११ भदौ २०८१

अर्थ

नेप्से परिसूचक १११ अंकले घट्यो, १८ अर्ब ६४ करोडको कारोबार

काठमाडौँ । नेप्से परिसूचकमा आज भारी अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १११.९६ अंकले घटेको हो । गिरावटसँगै नेप्से २ हजार ७८२ अंकमा कायम भएको छ । यस दिन कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।… Read More

११ भदौ २०८१

अन्तराष्ट्रिय

राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको निन्दा

एजेन्सी ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन  रहने वाचा गरेका छन् ।   रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका… Read More

११ भदौ २०८१

राजनिती

प्रतिनिधिसभा : बाढीपहिरो र सवारी दुर्घटनाका घाइतेको निःशुल्क उपचार गर्न सांसदहरुकाे माग

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर भइरहेको बाढीपहिरो र सडक दुर्घटनाका घाइतेको निःशुल्क उपचार तथा पुनः स्थापनाका लागि सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको आकस्मिक समयमा सांसद सुशीला थिङले सिन्धुली जिल्लामा भदौ ७ गतेको अविरल… Read More

११ भदौ २०८१

समाचार

पहिरोले अवरुद्ध हेटौँडा–काठमाडौँ सडक खुल्यो

बागमती । पहिरोका कारण अवरुद्ध हेटौँडा–काठमाडौँ सडक आजदेखि सञ्चालनमा आएको छ । सडक विभागले पहिरो हटाएसँगै अवरुद्ध सडक खुलेको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ मा वर्षाका कारण पहिरो गएको थियो । यस्तै कान्तिलोकपथस्थित मकवानपुरको भीमफेदी… Read More

११ भदौ २०८१

राजनिती

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता… Read More

१० भदौ २०८१

समाचार

सडक बन्द गरी मस्र्याङ्दीमा खसेको बस निकालिँदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले… Read More

१० भदौ २०८१