अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

सरकारले अपराधी नसमाउ, निर्दोष फसाउ र दोषीलाई छाड भन्दैन : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको शान्तिसुरक्षाको प्रमुख जिम्मेवारीमा रहेको नेपाल प्रहरीले आपराधिक घटनाको पूर्वअनुमान र अनुसन्धान गरी त्यस्ता घटना हुन नदिनेतर्फ सदैव सचेत भएर काम गर्न निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँको काठमाडौँ महानगरपालिका–११ भद्रकालीस्थित नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अस्थिरता र अराजकता… Read More

१० भदौ २०८१

समाचार

सडक बन्द गरी मस्र्याङ्दीमा खसेको बस निकालिँदै

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ऐनापहरास्थित मस्र्याङ्दी नदीमा खसेको बस निकाल्न सडक बन्द गरी काम भइरहेको छ । गत शुक्रबार पोखराबाट काठमाडौँ जाँदै गरेको भारतीय बस नदीमा खसेको थियो । उक्त बस निकाल्नका लागि आज बिहान ६ बजेदेखि सडक अवरुद्ध गरी काम भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले… Read More

१० भदौ २०८१

समाचार

बागमती नदी : सतर्कता तह पार

काठमाडौँ । काठमाडौँको गौरीघाट जलमापन केन्द्रमा बागमती नदीले सतर्कता तह पार गरेको छ । दिउँसो २ः४५ बजेको समयमा गौरीघाट जल मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज सूचना जारी गर्दै पानीको मात्रा बढिरहेकाले… Read More

१० भदौ २०८१

समाचार

सरकारभन्दा पार्टी र विचारको विकासमा लाग्छौँ : अध्यक्ष दाहाल

कास्की । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीको प्राथमिकता सरकारमाभन्दा पनि पार्टी सङ्गठन निर्माण र विचारको विकास भएको बताएका छन् । कास्कीको पोखरामा यही भदौ ९ गतेदेखि सुरु भएको पार्टीको गण्डकी प्रदेशस्तरीय परामर्श… Read More

१० भदौ २०८१

खेलकुद

साफ यू-२० च्याम्पियनसिप : फाइनल प्रवेशका लागि आज भारत र बंगलादेश भिड्दै

काठमाडौं । साफ यू-२० च्याम्पियनसिपको दोस्रो सेमिफाइनलमा आज साविक विजेता भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ । तीन पटकको विजेता भारत समूह बी को विजेता बन्दै सेमिफाइनल पुगेको हो । भारतले भुटान र माल्दिभ्सलाई समान १-० गाेलअन्तरले पराजित गरेको… Read More

१० भदौ २०८१

अन्तराष्ट्रिय

अमेरिकासँगको वार्तामा ताइवान र सुरक्षाबारे ‘गम्भीर चासो’ व्यक्त गर्ने चीनको भनाइ

एजेन्सी । अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले आगामी अगस्ट २७ देखि २९ सम्म गर्ने चीन भ्रमणमा चीनले आफ्नो चासोका बिषयलाई गम्भीररूपमा राख्ने बताएको छ । संयुक्त राज्य अमेरिकासँगको आगामी वार्तामा ताइवान र अन्य सुरक्षा विषयमा ’गम्भीर चिन्ता’ व्यक्त गर्ने चीनको योजना रहेको चीनका राष्ट्रिय सञ्चार माध्यमले आइतबार जनाएका… Read More

९ भदौ २०८१

मनोरंजन

गीतकार तिमल्सिनाको शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु” बजारमा (भिडियोसहित)

काठमाडौँ । श्रीकृष्ण जन्माष्टमी नजिकिँदै गर्दा साहित्यकार तथा गीतकार विदुर तिमल्सिना “देवदूत” को शब्द रचनामा “तिम्रै परिधिमा म बाँचेको छु ….” बोलको राधाको भजन सार्वजनिक भएको छ । लाबोनी प्रमोद युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको भजन गायिका लाबोनी चक्रवर्ती प्रसाईंले स्वर दिएकी छिन् भने लाबोनी प्रमोदले संयुक्तरुपमा संगीतबद्ध गरेका… Read More

९ भदौ २०८१

खेलकुद

साफ यू-२० च्याम्पियनसिप : पेनाल्टीमा भुटानलाई पराजित गर्दै नेपाल फाइनल प्रवेश

काठमाडौं । दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा विजयी हुँदै नेपाल फाइनलमा पुगेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा नेपालले पेनाल्टी सुटआउटमा ४-१ गोलले भुटानलाई पराजित गरी फाइनल यात्रा तय गरेको हो । यसअघि पहिलो हाफ गोलविहीन भएको खेलको दोस्रो हाफको ५६… Read More

९ भदौ २०८१

अर्थ

कृषि विकास बैंक लि. द्वारा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संम्पन्न

धनगढी । कृषि विकास बैंक लि. सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीको आयोजनामा संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत धनगढी उपमहानगरपालिकालाई भाद्र ९ गते एक कार्यक्रमको आयोजना गरी रु पाँच लाख बराबरको आर्थिक सहयोग रकमको चेक हस्तान्तरण गरिएको छ । सो आर्थिक सहयोगबाट धनगढी उपमहानगरपालिका अन्तर्गतका विभिन्न सरकारी विद्यालयहरुमा अध्ययनरत झण्डै एक… Read More

९ भदौ २०८१

समाचार

शनिबार सुनकोसीमा खसेको गाडी भेटियो, नदीमा बेपत्ता तीन जनाको खोजी जारी

सिन्धुली । शनिबार साँझ सुनकोसी नदीमा खसेर बेपत्ता भएको गाडी आइतबार बिहान २ बजे भेटिएको छ । खोटाङको हलेसीबाट भक्तपुर जाने क्रममा सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ कुँडुलेस्थित मध्यपहाडी लोकमार्गबाट नदीमा खसेको प्रदेश ३–०१–०२३ च ६३६६ नंको हाइलक्स गाडी भेटिएको हो । सशस्त्र प्रहरीको गोताखोर टोलीले नदीको धमिलो बहावमा… Read More

९ भदौ २०८१