अर्थ

घट्याे सुनको मूल्य, कतिमा हुँदैछ काराेबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार,  शुक्रबारको तुलनामा आज छापावाला सुन तोलामा ६ सयले घटेर काराेबार भइरहेकाे छ । आज छापावाल सुन प्रतिताेला एक लाख ५२ हजार ३ सय मूल्य निर्धारण गरिएको छ ।

यस्तै, चाँदीको मूल्य भने तोलामा २५ रुपैंयाँले घटेको छ । चाँदीको मूल्य आजका लागि प्रतिताेला एक हजार ७ सय ९५ रुपैंयाँ निर्धारण गरिएको छ । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.