काठमाडौं । सुदूरपश्चिम प्रदेशमा फेरि कोरोना संक्रमण देखिएको छ । हिजो बुधवार ७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जानकारी दिएको छ ।
प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले बुधबार १२७ जनाको स्वास्थ्य परीक्षण गरेकोमा भारतबाट फर्किएका ७ जनामा कोरोना संक्रमण देखिएको हो ।
आइतबार र सोमबार १/१ जना, मंगलवार २ जनामा कोरोना पुष्टि भएको थियो ।
