समाचार

दार्चुला–काठमाडौं होली टीमद्वारा ठगुन्नालाई सहयोग

By अर्जुन भट्टराई

काठमाडौं । अन्नपूर्ण न्यूरो मा उपचारत भएका मङ्गल सिंह ठगुन्ना लाई नेबि संघ दार्चुला – काठमाण्डौ होली टीमले सहयोग रकम हस्तान्तरण गरेको छ ।

एक बर्ष अगाडि दुर्घटनामा परि घाइते भएका ठगुन्नाको अहिले आर्थिक अवस्था कमजोर भएको थाहा पाएपछी दार्चुलाबाट आएर काठमाडौँमा अध्ययन गरिरहेका ने.वि.संघ आवद्धले चैत ११ गते उपत्यकामा होलि खेलेका थिए। टिमले होलि पर्वबाट संकलित १५ हजार ५ रूपैयाँ उपचारत ठगुन्नालाई हस्तान्तरण गरेको हो ।

ने.वि.संघ केन्द्रीय सदस्य एवम् त्रि.वि सभापती दिपक राज जोशीको नेतृत्वमा गरेको उक्त सहयोग कार्यक्रममा ने.वि.संघ केन्द्रीय सदस्य विनोद रावल ,एन.पी जोशी,गणेश खत्री लगायत ने.वि.संघमा आवध्द विधार्थी नेताहरूको उपस्थिति थियो ।

दुर्घटनामा परि टाउकोको अप्रेसन गरिरहेका दार्चुला जिल्लाको नौगाड गाउँपालिका ४ सिप्टीका ठगुन्नालाई आर्थिक सहयोग गरेको हो । दार्चुला – काठमाण्डौ होली टीमले ठगुन्नाको शिघ्र स्वास्थ्यको कामना समेत गरेका छन ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.