अर्थ

१ हजार ३०० ले घट्यो सुनको मूल्य

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा बिहीबार नयाँ रेकर्ड कायम गरेकाे सुनको मूल्य आज भने घटेकाे छ । सुनकाे मूल्य आज १ हजार ३०० ले घटेकाे हाे । बिहीबार एकैदिन २ हजार ६ सयले बढेकाे थियाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला १ लाख २६ हजार ५ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ ।

यस्तै बिहीबार चाँदीको भाउ भने ताेलामा ५५ रुपैयाँले घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ५५५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ५ सयमा काराेबार भइरहेकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.