अर्थ

ह्वात्तै बढ्यो सुनको मूल्य, एकैदिन तोलामा २ हजार ६ सयले वृद्धि

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेकाे छ । बुधबार स्थिर रहेकाे सुनकाे मूल्य बिहीबार एकैदिन २ हजार ६ सयले बढेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख २७ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको छ । याे मूल्य हालसम्मकै उच्च हाे । यस्तै बिहीबार चाँदीको भाउ भने ताेलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन तोलाको १ हजार ५२० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार १ हजार ५५५ मा काराेबार भइरहेकाे छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.