अर्थ

सुनको मूल्य स्थिर, कति छ तोलाको ?

By अर्जुन भट्टराई

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य स्थिर छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रहेर तोलाको १ लाख २६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै  तेजाबी सुनको मूल्य तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.