समाचार

आजको मौसम देशभर कस्तो रहनेछ ?

By अर्जुन भट्टराई

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले सुदूरपश्चिम प्रदेशमा सामान्य बदली तथा कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सफा रहेको छ ।

दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थान तथा हिमाली भूभागका एकदुई स्थानमा हिमपातको सम्भावना छ ।

राति देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । आज सूर्योदय बिहान ६ बजेर १७ मिनेट तथा सूर्यास्त साँझ ६ बजेर १० मिनेटमा हुनेछ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.