अर्थ

आज सोमबारको विदेशी मुद्राको विनिमय दर यस्तो छ

By अर्जुन भट्टराई

काठमाडौं । आज २०८० साल फागुन २८ गते सोमबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १६ पैसा र बिक्री दर १३२ रुपैयाँ ७६ पैसा पुगेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ५७ पैसा र बिक्री दर १४५ रुपैयाँ २३ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिद दर १६९ रुपैयाँ ९४ पैसा र बिक्री दर १७० रुपैयाँ ७२ पैसा रहेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ३० पैसा र बिक्री दर ३६ रुपैयाँ ४६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.