काठमाडौँ । प्रहरीले बालुवाटारबाट १३ जना मिटरब्याज पीडितलाई नियन्त्रणमा लिएको छ । उनीहरूलाई प्रधानमन्त्री निवासको ३ नम्बर गेटबाट नियन्त्रणमा लिएको हो ।
बालुवाटारबाट ९ जना पुरुष र ४ जना महिलालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँको स्रोतले जानकारी दिएको छ ।
