अर्थ

आज पनि सुनको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

By अर्जुन भट्टराई

काठमाडौँ । आज बुधबार पनि नेपाली बजारमा सुनको मूल्यमा वृद्धि भएको छ । आज सुनमा प्रतितोला ५ सयले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य अहिले सम्मकै उच्च हो ।

गत आइतबार एकै दिन प्रतितोला २ हजार रुपैयाँले बढ्दै छापावाला सुनको मूल्य १ लाख २१ हजार रुपैयाँ पुगेको थियो । दोस्रो दिन सोमबार सुनको मूल्य स्थिर भएकोमा तेस्रो दिन २ हजार रुपैयाँले बढ्दै १ लाख २३ हजार रुपैयाँ पुगेको थियो । बुधबार ५ सयले बढेर १ लाख २३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा ५ सय रुपैयाँले नै बढ्दै १ लाख २२ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदीको मूल्य भने आज तोलामा ५ रुपैयाँले घट्दै १ हजार ४ सय ४० रुपैयाँ पुगेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.