राजनिती

रायमाझी बाबुछोरा अलग-अलग हिरासतमा

By अर्जुन भट्टराई

नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा आइतबार साँझ पक्राउ परेका एमाले नेता टोपबहादुर रायमाझीलाई लैनचौर वृत्तमा राखिएको छ।

काठमाडौं प्रहरी परिसरमा पूर्व गृहमन्त्री बालकृष्ण खाण र टोपबहादुरका छोरा सन्दीपलाई राखिएकाले प्रहरीसँग अन्य युनिटको हिरासतमा राख्नुपर्ने अवस्था थियो।

स्रोतका अनुसार मेडिकल गरेर मध्यरातमा टोपबहादुरलाई लैनचौर वृत्तमा पुर्‍याइएको थियो।

उनलाई म्याद थपका लागि आज अदालतमा पेश गर्ने तयारी प्रहरीले गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.