राजनिती

तत्कालका एमालेसँग सहकार्य नगर्ने प्रचण्डको उद्घोष

By अर्जुन भट्टराई

बिरेन्द्रनगर, सुर्खेत : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एमालेसँग सहकार्यको सम्भावना नरहेको बताएका छन्। सत्ता गठबन्धनभित्र सिट बाँडफाँडको काम सहमती नजिक पुगेको भन्दै उनले तत्कालका लागि एमालेसँग कुनै पनि प्रकारको सहकार्य नहुने बताए।

पार्टीको कर्णाली प्रदेश भेलालाई सम्बोधन गर्न शुक्रबार सुर्खेत आइपुगेका प्रचण्डले यस्तो बताएका हुन्। सुर्खेत विमानस्थलमा पत्रकारहरुसँगको भेटमा प्रचण्डले भने,‘हामी गठबन्धनभित्रै सहमतीको प्रयासमा छौं, सिट बाँडफाँडको काम अन्तिम चरणमा पुगेको छ। सिटको संख्या र निर्वाचन क्षेत्रबारे पनि टुंगो लाग्दैछ, निर्वाचनमा वर्तमान गठबन्धन नै एक भएर जान्छ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.