समाचार

समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्छ -नेकपा एकीकृत समाजवादी

By अर्जुन भट्टराई

नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए । उनले बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष रहेको बताएका छन् ।

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ -०८० का लागि बजेट सार्वजनिक गरेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.