समाचार

न्यायका लागि आत्महत्याको प्रयास

By अर्जुन भट्टराई •

न्यायका लागि आत्महत्याको प्रयास

काठमाडौं । एक सरकारी महिला अधिकृतले आफ्नै सहकर्मीबाट बलात्कृत भएको र न्याय नपाएपछि धर्नास्थलमै आत्महत्याको प्रयास गरेको जानकारी समाएको छ । २ महिनादेखि न्यायका लागि माईतिघर मण्डलामा धर्ना बसिरहेकी पीडितले शनिबार राजधानीको संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा आफुले २०८१ माघमा काठमाडौं स्थित कोष तथा लेखा नियन्त्रक कार्यालय सुन्धारमा कार्यारत हुँदा सरकारी अधिकृत प्रमोद मैनाली द्वारा बलात्कार गरिएको बताईन् । बलात्कारपछि पनि विभिन्न दबाब आएको बताउँदै भनिन्, ‘म स्वयम ठूलो संघर्षबाट सरकारी सेवामा पुगेकोले आफैले घटना दबाउन खोज्दा पीडकबाट थप सेक्सुअल हर्यास्मेन्ट र धम्किले कानुनी उपचार खोज्न बाध्य भएँ’ । जिल्ला अदालतले प्रमाणको अन्देखा गरि पीडकलाई ५ लाख धरौटीमा उन्मुक्ति दिएको आरोप लगाएकी छन् । उच्च अदालत पाटनले काठमाडौं जिल्लाकै निर्णय सदर गरिसकेपछि पीडितले विष खाएकी र सर्बोच्च आदालतमा विभिन्न बहाना बनाएर सर्बोच्च अदालतले पेशी सारी राखेको पीडामा माइतिघर मण्डलामै हात काटेर आत्महत्या गर्ने प्रयास गरेको जानकारी आएको छ । पीडितको न्यायका लागि साथ दिइरहेकी जेनजी अभियन्ता लक्ष्मी देवीले एकजना सरकारी कर्मचारीलाई नै न्याय दिन नसक्ने राज्यले आम नागरिकलाई न्याय दिन सक्छ, भन्दै प्रश्न गरिन् । कहिले हात काटेर त कहिले विष सेवन गरेर ती पीडितले आत्महत्या गर्ने प्रयास गर्नुभयो समयमा हामीले बचायौं, अब पनि यस्तै हुँदै गर्दा उनको ज्यान गयो भने को जिम्मेवार हुन्छ, देवीले प्रश्न गरिन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.