काठमाडौंका ५ स्थानबाट शनिबार ग्यास बिक्री गरिदै । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको अभाव झेलिरहेका उपभोक्तालाई लक्षिट गर्दै काठमाडौंका पाँच स्थानबाट विभिन्न ब्रान्डका ग्यास सिलिन्डर बिक्री वितरण गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौं र नेपाल आयल निगमको समन्वयमा ग्यास उद्योगीमार्फत अहिले बिहान १० बजेदेखि साँझ ६ बजेसम्म ग्यास बिक्री गर्न लागिएको निगमले जनाएको छ । चाहबिलको यातायात कार्यालयपरिसरबाट नेपाल र एचपी ब्रान्डको ग्यास बिक्री हुने व्यवस्था मिलाइएको छ । त्यस्तै, कीर्तिपुरको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीमाया, श्रीकृष्ण, साइबाबा र ओम ब्रान्डको ग्यास बिक्री गरिनेछ । वसुन्धराको राधास्वामीपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, भानु र ओम तथा बबरमहलस्थित पुरानो जिल्ला प्रशासन कार्यालयपरिसरबाट नेपाल, एचपी, एभरेस्ट, सुगम, श्रीराम, सगर, हिमाल, एसटिसी, लोकप्रिय र सूर्य ग्यास वितरण हुने व्यवस्था मिलाएको निगमले जनाएको छ । निगमले एलपी ग्यासको आयात नियमित भइरहेको र उद्योगहरूले आफ्ना विक्रेतामार्फत नियमित बिक्री वितरण गरिरहेको जनाएको छ । त्यसैले अति आवश्यक भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा उपस्थित भएर ग्यास खरिद गर्न आग्रह गरिएको छ । ग्यास खरिद गर्न उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्नेछ ।
काठमाडौंमा शनिबार ग्यास बिक्री
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
नैमा एक्स्पोमा भीडको संख्या बढ्यो, अर्को पल्ट अटो बजारमा बढ्यो कारोबारको आशा
१ भदौ २०८३
अर्थ
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
३१ श्रावण २०८३
अर्थ
नेपालमा बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ
३१ श्रावण २०८३
