महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय महिला सशक्तीकरण परियोजनामार्फत सञ्चालित **हवाई उद्धार कार्यक्रम**अन्तर्गत मुगुकी एक सुत्केरी महिला र नवजात शिशुको हवाई उद्धार गरिएको छ। मुगुको खत्याड गाउँपालिका–११, रातापानी निवासी **३८ वर्षीया दिपा भण्डारी** स्थानीय स्वास्थ्य संस्थामा सुत्केरी भएपछि **जटिल स्वास्थ्य समस्या** देखिएको थियो। आमा र नवजात शिशुको स्वास्थ्य अवस्था जोखिममा परेपछि थप उपचारका लागि **नेपाली सेनाको हवाई साधनमार्फत** उद्धार गरी **सुविधा सम्पन्न प्रदेश अस्पताल, सुर्खेत** ल्याइएको हो। दुर्गम तथा भौगोलिक रूपमा विकट क्षेत्रका **गर्भवती तथा सुत्केरी महिलालाई** समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले मन्त्रालयले **हवाई उद्धार कार्यक्रम** सञ्चालन गर्दै आएको छ। **आकस्मिक तथा जटिल प्रसूतिको अवस्थामा** आमा र नवजात शिशukो जीवनरक्षा तथा सुरक्षित उपचारमा पहुँच सुनिश्चित गर्न कार्यक्रम प्रभावकारी बन्दै गएको छ।
जटिल प्रसूति समस्यापछि आमा र नवजात शिशुको हवाई उद्धार
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
