काठमाडौं । **सिंहदरबार**मा ‘**एक सांसद, एक वृक्षरोपण**’ कार्यक्रम आयोजित भयो । यस कार्यक्रममा **सभामुख डीपी अर्याल**ले **नयाँ संसद भवन परिसर**मा शुक्रबार विभिन्न प्रजातिका **बिरुवा रोपिए**को जानकारी दिए । उनले प्रत्येक सांसदले आफूले रोपेको बिरुवाको **महिनामा कम्तीमा एकपटक आफैँले हेरचाह गर्न**, **पानी तथा मल हाल्न** र **बिरुवाको पहिचान गर्न आग्रह गरे** । उनले भने, ‘**आज बोटविरुवा रोप्ने सबै माननीय सदस्यहरुलाई महिनामा एक पटक आफैले रोपेको बोटविरुवाको आफैले ख्याल गर्ने, पानी हाल्ने, मल हाल्ने अनि विरुवा चिन्ने… फलफुल रोपेको माननीय सदस्यले फलफुल फल्छ एक दुई वर्षपछि आफू मात्र खाने हैन, अरुलाई पनि बाँडेर खाने अनुरोध गर्दछु**’। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद **हर्क राई**ले वृक्षरोपणजस्ता कार्यक्रमले **सकारात्मक सन्देश दिने** बताए । उनले भने, ‘**यस्ता कार्यक्रमले राम्रो म्यासेज गएको छ** । प्रतिनिधि सभामा सधैँ सांसदको आफ्नो काम गर्छौँ । यसले पार्टीगत मतभेदहरू घटाउँछ । सँगै काम गर्दा मजा पनि आउँछ’।
सिंहदरबारमा वृक्षरोपण कार्यक्रम
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
