मनोरंजन

चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

By अर्जुन भट्टराई •

चलचित्र ‘लज्जावती’ आजदेखि प्रदर्शनमा आउँदै

चलचित्र ‘लज्जावती’ आजदेखि देशभरका चलचित्र भवनहरूमा प्रदर्शनमा आउँदै छ । प्रेमकथामा आधारित एक पूर्ण पारिवारिक चलचित्र हो । यस चलचित्रको निर्देशक राजबहादुर साने हुन् भने कमल शर्माले यसको निर्माण गरेका हुन् । चलचित्रमा युवापुस्ताको प्रेमसँगै पारिवारिक सम्बन्ध, त्याग, संघर्ष, आत्मीयता र नेपाली समाजका विविध यथार्थपरक पक्षहरूलाई संवेदनशील ढंगले प्रस्तुत गरिएको छ । चलचित्रमा अभिनेता श्री कृष्ण निरौला, मुकुन भुसाल, अभिनेत्री मेनुका माझी, जानुका विश्वकर्मा, विनोद श्रेष्ठलगायतका कलाकारहरूको मुख्य अभिनय रहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.