समाचार

दौरा सुरुवालमा उपस्थित काठमाण्डूका मेयरले नेपाल भाषामा पनि शपथ लिए

By अर्जुन भट्टराई

काठमाण्डू महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले नेपाली भाषासँगै नेपाल भाषामा पनि शपथ लिएका छन्।

सोमवार राष्ट्रिय सभागृहमा भएको शपथ ग्रहण कार्यक्रममा नवनिर्वाचित मेयर शाह दौरा, सुरुवाल र भादगाउँले टोपी लगाएर उपस्थित भए।

यसअघि आफ्नो चुनावी अभियानमा ऊनी टीसर्ट र कोटपाइन्टमा देखिने गरेका थिए।

नेपाली भाषामा शपथ ग्रहण गरेलगत्तै उनले शपथको ब्यहोरा नेवारी भाषामा पनि वाचन गरे।

  • ‘लौरो’ बोकेर बालेन बने काठमाण्डू महानगर प्रमुख, को हुन् उनको विजयका सारथि
  • सत्ता र प्रतिपक्षले प्रतिष्ठाको रूपमा हेर्ने काठमाण्डू महानगरमा ठूला दललाई स्वतन्त्रको चुनौती

“संविधानप्रति पूर्ण वफादार रहँदै काठमाण्डू महानगरपालिकाको नगर कार्यपालिकाको प्रमुख पदमा…..इमानदारीका साथ गर्नेछु,” उनको शपथमा भनिएको छ।

आफ्नो शपथपछि बालेनले उपमेयर सुनिता डङ्गोललाई शपथ ग्रहण गराए।

नेकपा एमालेबाट निर्वाचित डङ्गोलले पनि नेवारी भाषामा शपथ लिइन्।

शपथ

गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा ३२ वर्षीय स्वतन्त्र उम्मेदवार शाह काठमाण्डू महानगरको मेयरमा निर्वाचित भएका थिए।

सङ्घीय राजधानी काठमाण्डूको मेयरमा ठूला राजनीतिक दलहरूका उम्मेदवारहरूलाई पराजित गरेका शाह पेसाले स्ट्रकचरल इन्जिनियर हुन्।

त्यसअघि उनी सङ्गीत रुचाउने ठूलो जमातबीच र्‍यापरका रूपमा चिनिएका थिए।

इन्जिनियरका रूपमा उनले सडक र पुलदेखि, औद्योगिक क्षेत्र, भ्यूटावर, खेलकुद मैदान र साइन्स पार्कहरूको खाका कोर्ने वा निर्माण गर्ने कार्यमा संलग्न रहेर काम गरेको बताउने गरेका छन्।

  • स्थानीय तह निर्वाचनको नतिजाले ‘रजनीतिमा हलचल’को संकेत गरेको हो?
  • स्थानीय तहमा ४१ प्रतिशत युवा जनप्रतिनिधि निर्वाचित, अपेक्षा पूरा गर्न सक्लान्?

आफ्नो चुनावी प्रतिबद्धतामा बालेनले महानगरमा शतप्रतिशत विद्युतीय सार्वजनिक यातायातको थालनी गरिने उल्लेख गरेका थिए।

उनले बहुतले पार्किङ र सार्वजनिक यातायातमा अग्रिम भुक्तानी कार्डको सुरुवात गर्ने योजना पनि उनले अघि सारेका थिए।

Source -BBC NEPALI

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.