समाचार

गोलबजारमा शान्ति र सामाजिक एकताको सन्देश

By अर्जुन भट्टराई •

गोलबजारमा शान्ति र सामाजिक एकताको सन्देश

सिरहाको गोलबजारमा हिंसात्मक द्वन्द्व भएको १२ दिनपछि आज सामाजिक सद्भाव र एकताको सन्देश दिन सद्भाव ¥याली निकालिएको छ । गोलबजारमा पछिल्लो समय उत्पन्न तनाव, हिंसा तथा अशान्तिपछि विभिन्न समुदाय, राजनीतिक दल, नागरिक समाज, व्यवसायी तथा स्थानीयवासीको सहभागितामा ¥याली आयोजना गरिएको हो । ¥यालीमा सहभागीहरूले आपसी भाइचारा, शान्ति, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नुपर्नेमा जोड दिएका छन् । ¥यालीमार्फत गोलबजारको शान्ति र सामाजिक एकता पुनःस्थापित गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने सन्देश दिइएको छ । सहभागीहरूले कुनै पनि घटनालाई लिएर समुदायबीच वैमनस्य फैलाउने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्नसमेत आग्रह गरेका छन् । १२ दिनअघि भएको हिंसात्मक घटनाले गोलबजारको जनजीवनमा त्रास र तनाव सिर्जना गरेको अवस्थामा आजको सद्भाव ¥यालीले शान्ति र एकताको वातावरण निर्माणमा सकारात्मक सन्देश दिएको स्थानीयहरूको भनाइ छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.