समाचार

आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूद्वारा प्रतिनिधिसभा अवरुद्ध

By अर्जुन भट्टराई

नेकपा एमालेका सांसदहरुले उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले आफ्ना अध्यक्ष केपी शर्मा ओलीमाथि गरेका टिप्पणीप्रति आपत्ती जनाउदै प्रतिनिधिसभा अवरुद्ध पारेका छन् ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउने क्रममा मन्त्री बडूले बिहिबार ओलीले सदनमा स्तरहीन अभिव्यक्ति दिएको बताएका थिए ।

ओलीले सदनमा बोल्दा आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहपूर्ण अभिव्यक्ति दिएको पनि बताएका थिए । त्यसपछि एमालेका सांसदहरुले मन्त्रीले गैरजिम्मेवारीपूर्वक बोलेको भन्दै बिरोध जनाएका थिए । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख प्रतिपक्षी दलका नेतामाथि अप्रमाणित कुरा गरेर संसदको गरिमा घटाउने काम गरेको आरोप लगाएका छन् । एमाले सांसदहरुले मन्त्री बडूले आफ्ना शव्द फिर्ता लिनुपर्ने माग गर्दै उठेर बिरोध जनाएपछि सभामुख अग्नी सापकोटाले केहिबेरका लागि बैठक स्थगीत गरेका थिए ।

त्यसअघि पेट्रोलियम पदार्थको मूल्यवृद्धि सम्बन्धमा जानकारी गराउदै मन्त्री बडूले कर समायोजनको विषयको प्रस्ताव अर्थ मन्त्रालयले गृहकार्य गरिरहेको र उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउने तयारी भइरहेको जानकारी दिएका थिए । आयल निगमको घाटा कम गर्न तथा यसको अल्पकालीन तथा दीर्घकालीन विकल्प र व्यवसाय विविधीकरणसहितको विषयमा अध्ययन गर्न सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा एक उच्चस्तरीय अध्ययन समिति समेत बनाएको उहाले जानकारी दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.