नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल, मट्टितेल र हवाई इन्धनमा मूल्य बढाएको हो । निगमले पेट्रोल प्रतिलिटर ३ रुपैयाँ, डिजेल÷मट्टितेल ५ रुपियाँ र हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँले बढाएको हो । यसैगरी, अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर १३१ ले बढेको छ । इण्डियन आयल कर्पोरेसनले ३१ जुलाई, २०२६ मा पठाएको नयाँ खरिद मूल्यअनुसार पेट्रोलमा २० रुपियाँ १९ पैसा, डिजेलमा ३९ रुपियाँ ६७ पैसा र हवाई इन्धनमा प्रतिलिटर १९ रुपियाँ ६ पैसा बढेर आएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढायो
By अर्जुन भट्टराई •
Related Posts
अर्थ
नैमा एक्स्पोमा भीडको संख्या बढ्यो, अर्को पल्ट अटो बजारमा बढ्यो कारोबारको आशा
१ भदौ २०८३
अर्थ
नेपालमा लगानी गर्न झन्झटिलो कानुनी प्रक्रिया र सुरक्षाको चिन्ता
३१ श्रावण २०८३
अर्थ
नेपालमा बनेको विद्युतीय स्कुटरको प्रवद्र्धनका लागि सरकारको साथ
३१ श्रावण २०८३
