जनकपुरमा संयुक्त हिन्दू मोर्चा र गृहमन्त्री सुदन गुरुङबीच पुनः वार्ता भएको छ । आइतबार जनकपुरधामस्थित यात्री निवास होटलमा भएको वार्तामा शनिबार सार्वजनिक गरिएको १३ बुँदे मागमा केही संशोधन गरि थप ६ वटा माग थपिएको हो । थपिएका मागहरुप्रति गृहमन्त्री सकारात्मक देखिएका छन् भने उनले काठमाडांू पुगेर मागहरु कार्यान्वयन गर्नेतर्फ आफूले कुनै कसर नछाड्ने प्रतिबद्धता जाहेर गरे । हिजो दुई चरणमा भएको छलफलमा १३ बुँदे मागपत्र गृहमन्त्री गुरुङलाई बुझाइएको थियो । तर कतिपय मागहरु प्रष्ट नभएको र केही मागहरु थप्नुपर्ने भन्दै हिन्दूवादी युवाहरुले विरोध जनाएका थिए । त्यसपछि आज विहान गृहमन्त्री गुरुङले पुनः वार्ता आह्वान गरेका थिए ।
संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच वार्ता
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
