अर्थ

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन सक्दैन -अध्यक्ष राजेन्द्र लिङ्देन

By अर्जुन भट्टराई

सरकारको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रमका बिषयमा बिभिन्न दलका नेताहरुले मिश्रित प्रतिक्रिया दिएका छन् ।

मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले नीति तथा कार्यक्रमले देशको समस्या सम्बोधन गरेको बताए ।उनले नीति तथा कार्यक्रम जनताको पक्षमा आएको उल्लेख गर्दै उनले गठबन्धन दलको धारणा नीति तथा कार्यक्रमले अघि सारेको प्रतिक्रिया दिएका छन् । त्यस्तै पूर्व प्र्रधानमन्त्री डा बाबुराम भट्टराईले नीति तथा कार्यक्रममा आएका बिषयहरु सकारात्मक भएपनि कार्यान्वयनमा समस्या देखिन सक्ने बताए । उनले सुधारका कार्यक्रमहरु सन्तोषजनक नरहेको जिकिर गरेका छन्।

यता एमालेका नेता योगेश भट्टराईले सरकारको नीति तथा कार्यक्रम गन्तव्यविहीन भएको टिप्पणी गरेका छन् । नीति तथा कार्यक्रममा जनतालाई आशा जगाउन नसक्ने उनले भनाई छ । उनले सरकारको कार्यक्रम परम्परागत रहेको बताएका छन् । त्यस्तै माओवादी केन्द्रका नेता बर्षमान पुनले नीति तथा कार्यक्रम निकै स्पष्ट गन्तव्यका साथ आएको टिप्पणी गरेका छन्।

त्यस्तै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम कार्यान्वयन हुन नसक्ने बताएका छन् । उनले सस्तो लोकप्रीयताका लागि निर्वाचनलाई केन्द्रीत गरेर कार्यक्रम आएको बताए। नेकपा एमालेका अध्यक्ष केपी ओली भने नीति तथा कार्यक्रमका बिषयमा सदनमा बोल्ने बताए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.