समाचार

नीति तथा कार्यक्रम र बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन प्रचण्डद्वारा आफ्ना सांसदलाई निर्देशन

By अर्जुन भट्टराई

नेकपा (माओवादी केन्द्र)ले सरकारको तर्फबाट सङ्घीय संसद्मा पेश हुने आगामी आर्थिक वर्षको बजेटको छलफलमा सक्रियतापूर्वक सहभागी हुन आफ्ना सांसदलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकमा संसदीय दलका नेतासमेत रहनुभएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको तर्फबाट प्रस्तुत हुने नीति तथा कार्यक्रम र बजेटमाथिको छलफलमा सक्रियताका साथ रचनात्मक तवरले भाग लिन सांसदलाई निर्देशन दिएका छन्। प्रचण्डले आगामी आवको नीति तथा कार्यक्रमले लिन लागेको नीति र लक्ष्यका बारेमा सांसदलाई जानकारी गराएका थिए । माओवादीका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले सक्रियताका साथ छलफल प्रक्रियामा भाग लिन र विषय वस्तुको गम्भीरतालाई बुझेर काम गर्न निर्देशन दिएको बताएका छन् ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले सांसदले दिएको सुझावका आधारमा आगामी आर्थिक वर्षको बजेट तयार गरिएको जानकारी गराएका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.