समाचार

चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

By अर्जुन भट्टराई

काठमाडौंको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरुले विरोध प्रदर्शन गरेका छन् ।

बिद्यार्थीहरुले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडी धर्ना दिदै प्रदर्शन गरेका हुन् ।

कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप बिद्यार्थीहरुले लगाएका छन् । यस बिषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा कुनै सुनुवाई नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको बिद्यार्थीहरुको भनाई छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.