धनगढी । विभिन्न माग राख्दै बिहीबारदेखि सत्याग्रहमा बसेका डा. गोविन्द केसी र सरकारबीच आइतबार औपचारिक वार्ता सुरू भएको छ । धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा यो वार्ता भइरहेको छ।
सरकारले प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपि अग्रवालको संयोजकत्वमा तीन सदस्यीय वार्ता टोली गठन गरेको छ। उक्त टोलीसँग छलफल भइरहेको जानकारी डा. केसीका सहयोगी डा. अमृत जैशीले दिएका छन्।
डा. जैशीका अनुसार डा. केसी आफ्ना मागबाट पछि नहट्ने स्पष्ट अडानमा छन् र वार्ता पनि सोही अनुसार अघि बढेको छ। वार्तामा सांसद पुकार वम पनि सहभागी रहेका छन्।
