समाचार

आजको मौसम: गण्डकी र कर्णालीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी

By अर्जुन भट्टराई •

आजको मौसम: गण्डकी र कर्णालीसहित यी प्रदेशमा भारी वर्षाको चेतावनी

काठमाडौं। यस समय देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा सरदरभन्दा उत्तरतर्फ र पूर्वी भूभागमा सरदर स्थानको आसपासमा रहेको छ।

हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भूभागमा आंशिक बादल छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र तराई भूभागमा आंशिक बादल रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थान तथा मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र कर्णाली प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने मौसम विभागले जनाएको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थान, मधेश तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहनेछ। राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.