अर्थ

सदनमा उपस्थीत हुन अर्थमन्त्री जनार्दन शर्मालाई सभामुख अग्निप्रसाद सापकोटाको निर्देशन

By अर्जुन भट्टराई

सभामुख अग्निप्रसाद सापकोटाले बजेटको सिद्धान्त र प्राथमिकता छलफल हुदा सदनमा उपस्थीत हुन अर्थमन्त्री जनार्दन शर्मालाई निर्देशन दिएका छन् ।

बिहीबार प्रतिनिधिभा बैठकमा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले बजेटका बिषयमा छलफल हुँदा अर्थमन्त्री सहभागी नभएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको थियो । त्यसपछि सभामुख सापकोटाले सदनमा उपस्थीत हुन अर्थमन्त्री शर्मालाई निर्देशन दिएका हुन् । त्यस्तैन उनले अर्थमन्त्री शर्मा उपस्थीत नभएका बेला उपस्थीत मन्त्रीहरुले गम्भीरता दिन पनि निर्देशन दिएका छन् ।

सदनमा बजेट छलफल भइरहदा सरकारका मन्त्री तथा सांसदहरुको सहभागीता न्युन छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.