समाचार

चाँगुनारायण नगरपालिकाको प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी

By अर्जुन भट्टराई

चाँगुनारायण नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार जीवन खत्री विजयी भएका छन्।

एमालेका बिणा बाँस्तोलालाई झिनो मतान्तरले पराजित गर्दै उनि बिजयी भएका हुन् । खत्री नौ हजार ५५० मत प्राप्त गरी विजयी भए भने उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेदवार बाँस्तोलाले नौ हजार १६० मत प्राप्त गरेका छन् । त्यसैगरी उपमेयरमा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । बुढाथोकी ११ हजार १०७ मत प्राप्त गरे भने सुभद्रा काफ्लेले नौ हजार ६७ मत प्राप्त गरे । बिजयी भएपछि खत्रीले सामान्य जनजिविकाका कुराहरुलाई स्म्बोधन गर्दै आफुले काम सुरु गर्ने बताए ।

त्यस्तै चाँगुनारायण नगरपालिकाको वडाध्यक्षमा वडा नं १ मा कांग्रेसका सिजन कार्की, २ मा कांग्रेसकै सोम प्रधान, ३ मा एमालेका श्यामसुन्दर धिमाल, ४ मा एमालेका रोजबहादुर तामाङ, ५ मा कांग्रेसका जयन्द्र खड्का, ६ मा राप्रपाका धनबहादुर लामा, ७ मा राप्रपाका श्याम नायजू श्रेष्ठ, ८ मा कांग्रेसका जनक खत्री र ९ मा नेमकिपाका गणेश त्यात विजयी भएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.