समाचार

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा भक्तपुरमा मतदान

By अर्जुन भट्टराई

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् ।

उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उहाले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताएका छन् । खानेपानी, शिक्षा, स्वास्थय लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रीय हुने उनले बताएका छन् ।

जिल्लाका सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान जारी रहेको मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोलाले जानकारी दिएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.