समाचार

लोकतन्त्रकै मेरुदण्ड मतदान भएकाले यसलाई अवसरको रुपमा लिनुपर्छ -मन्त्री लाल बाबु राउत

By अर्जुन भट्टराई

स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गरेका छन् ।

सो क्रममा पत्रकारहरुसंग संक्षीप्त प्रतिकृया दिदै मुख्यमन्त्री राउतले लोकतन्त्रकै मेरुदण्डनै मतदान भएकाले यसलाई अवसरको रुपमा लिन सबै प्रदेशबासीलाई आग्रह गरेका छन् । निर्वाचन लाई भयरहित र निष्पक्ष बनाउन सबैको सहयोग र साथ जरुरी रहेको मुख्यमन्त्री राउतले बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.