समाचार

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै, थारू आयोगको प्रगतिमा हुनेछ छलफल

By अर्जुन भट्टराई •

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै, थारू आयोगको प्रगतिमा हुनेछ छलफल

काठमाडौं । प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिको बैठक आज बिहीबार दिउँसो १ बजे बस्ने भएको छ । सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा हुने यस बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगतिसम्बन्धी विषयमा मुख्य रूपमा छलफल हुनेछ । यसका साथै विविध विषयमा पनि छलफल हुने कार्यसूची तय गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.