काठमाडौं । आत्मदाह प्रयास गरेका सर्लाहीका विवेक मण्डलको उपचारका क्रममा मृत्यु भएको छ।
सर्लाहीको गोडैता नगरपालिका वडा नम्बर १० सिसौटिया निवासी ३५ वर्षीय मण्डलको सोमबार राति २ बजे कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचारका क्रममा निधन भयो।
विवेकले पेट्रोल छर्केर आफैँलाई आगो लगाएका थिए। गम्भीर घाइते अवस्थामा रहेका उनलाई शुक्रबार हेलिकप्टरमार्फत काठमाडौं ल्याई कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना गरिएको थियो।
उनका पछाडि श्रीमती, एक छोरा र एक छोरी छन्।
