काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।
तरकारीको मूल्य हेर्दा गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो २८ रुपैयाँ, गोलभेँडा सानो (लोकल) ५ रुपैयाँ, आलु रातो (लाम्चो) ४५ रुपैयाँ, आलु रातो (भारतीय) २७ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५२ रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
गाँजर (लोकल) प्रतिकिलो १०० रुपैयाँ, बन्दा (लोकल) ३० रुपैयाँ, काउली स्थानीय ७० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो २५ रुपैयाँ र भन्टा डल्लो ३५ रुपैयाँ प्रतिकिलो रहेको छ।
घिउ सिमी (लोकल) र (हाइब्रिड) दुवै प्रतिकिलो ७० रुपैयाँ, घिउ सिमी (राजमा) ९० रुपैयाँ, तीते करेला ३० रुपैयाँ, लौका ३० रुपैयाँ, परवर (लोकल) २५ रुपैयाँ र घिरौला ३० रुपैयाँ प्रतिकिलो तोकिएको छ।
फर्सी पाकेको प्रतिकिलो ५० रुपैयाँ, फर्सी हरियो (लाम्चो) ७० रुपैयाँ, हरियो फर्सी (डल्लो) ४० रुपैयाँ, भिण्डी ४० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ४० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ।
सागसब्जीमा रायोसाग प्रतिकिलो ८० रुपैयाँ, पालुङ्गो ९० रुपैयाँ र चमसुरको साग ५० रुपैयाँ रहेको छ। च्याउको मूल्य हेर्दा कन्य च्याउ प्रतिकिलो २४० रुपैयाँ, डल्ले च्याउ ४०० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो रहेको छ। यसैगरी कुरीलो प्रतिकिलो २५० रुपैयाँ र न्युरो ९० रुपैयाँ निर्धारण गरिएको छ।
फलफूलतर्फ स्याउ (फूजी) प्रतिकिलो २८० रुपैयाँ, केरा नेपाली प्रतिकिलो २०० रुपैयाँ, केरा (मालभोग) प्रति दर्जन १८० रुपैयाँ, कागती प्रतिकिलो १४० रुपैयाँ र अनार ४५० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ। आँप (मालदह) प्रतिकिलो १४० रुपैयाँ, आँप (दसहरी) १५० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो (लोकल) प्रतिकिलो ७० रुपैयाँ, काँक्रो (हाइब्रिड) २० रुपैयाँ, रुखकटहर ४० रुपैयाँ, मेवा (नेपाली) ८० रुपैयाँ र मेवा (भारतीय) १०० रुपैयाँ प्रतिकिलो रहेको समितिले जनाएको छ।
