समाचार

साहित्य मानव जीवनको अभिन्न अंग हो : साहित्यकार मुकुन्दराज शर्मा

By अर्जुन भट्टराई

साहित्य मानव जीवनको अभिन्न अंग हो : साहित्यकार मुकुन्दराज शर्मा

काठमाडौं । क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)को आयोजनामा शनिबारदेखि सुरु भएको ‘सीकेएस साहित्य उत्सव–२०८३’ सोमबार सफलतापूर्वक सम्पन्न भयो।

समापन कार्यक्रममा बोल्दै साहित्यकार मुकुन्दराज शर्माले साहित्यलाई मानव जीवनको अभिन्न अंग बताए। उनले भने, ‘साहित्य वास्तवमा हरेक मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना र जीवनका सम्पूर्ण अनुभवलाई समेट्ने माध्यम हो। साहित्य यही चराचर जगत र मानव जीवनबाट सिर्जना हुने भएकाले जीवन र साहित्यबीच गहिरो अन्योन्याश्रित सम्बन्ध छ।’

शर्माले थपे कि साहित्य पढ्दा कहिले आफूलाई भेट्न पाइन्छ भने कहिले समाज र संसारलाई चिन्ने अवसर मिल्छ। त्यसैले मानव जीवन र मानव निर्माणबाट साहित्यलाई अलग गरेर हेर्न नसकिने उनको भनाइ थियो।

सोही कार्यक्रममा कलाकार रश्मि भट्टले समाजमा उल्लेखनीय परिवर्तन आइसकेको उल्लेख गर्दै आफ्नै नाम, पहिचान र योगदानका आधारमा आफूलाई स्थापित गर्नुपर्नेमा जोड दिइन्। उनले भनिन्, ‘बाबाको नामबाट आफ्नो पहिचान बनाउनु भन्दा पनि आफ्नो नामबाट बुबाआमाको नाम राख्नुपर्छ।’ आफ्नै कर्म र उपलब्धिबाट बुबाआमाको नाम उजागर गर्नु नै सच्चो सफलता भएको उनको भनाइ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.