काठमाडौं । काठमाडौंका तीनवटा प्रमुख सञ्चारगृहका कार्यालयअगाडि एकैसाथ शंकास्पद तरिकाले गाडी पार्किङ गरी आवागमनमा अवरोध पुर्याइएको छ।
अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशद्वारमा अवरोध हुने गरी एकैसाथ उस्तै तरिकाले गाडी खडा गरिएको पाइएको हो।
घटनाको जानकारी पाउनासाथ प्रहरी सम्बन्धित कार्यालयमा पुगेको छ र गाडीधनीको खोजी तथा प्रारम्भिक अनुसन्धान सुरु गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले शंकास्पद गाडीलाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाइने बताएका छन्। यो काम कसले र किन गर्यो भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको उनले जानकारी दिए।
