समाचार

बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो

By अर्जुन भट्टराई

बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकियो

रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ।

जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२:३३ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो।

प्रहरीका अनुसार सडकमा कुनै अवरोध नरहेको सुनिश्चित भएपछि अर्को सूचनामार्फत बीपी राजमार्गमा सवारी आवागमन पुनः सञ्चालन गरिनेछ।

जिल्ला प्रहरी कार्यालयले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। थप जानकारीका लागि प्रहरीको आपतकालीन नम्बर १०० तथा ट्राफिक प्रहरीको नम्बर १०३ मा सम्पर्क गर्न अनुरोध गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.